अर्थखबर फटाफट

प्रहरीले ६ टन धान भन्सार पठायो, मदिरासहित पक्राउ परेकालाई राजस्व कार्यालयमा बुझायो

Thrill Factory
Rungta Group

प्रहरीले एघार लाख असी हजार रुपैयाँ बराबरको धानसहित ट्याक्टर र चालकलाई भन्सार चलान गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकार प्रहरी नायव उपरिक्षक कुमार विक्रम थापाका अनुसार आइतबार बिहान पर्साको विन्दवासिनी ४ स्थित सडकखण्डबाट ना ४ त २५७२ नम्बरको ट्याक्टरमा धान लोड रहेको ६ टन धान र चालक पर्सा पकाहामैनपुर १ का बिनोद कुमार महतोलाई वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको हो ।

त्यस्तै आइतबार नै वीरगञ्ज २१ हनुमान मन्दिरस्थित सडकखण्डबाट हेटौडाबाट आउँदै गरेको ना ७ ख ७९७७ नम्बरको मालवाहक ट्रकमा लोड रहेको ८१० लिटर अवैध घरेलु मदिरा बरामद भएको छ ।

उक्त ट्रक र बारा जितपुर सिमरा १६ बस्ने राजु यादवलाई मदिरासहित आन्तरिक राजस्व कार्यालय वीरगञ्जमा कारवाहीका लागि पठाइको थापाले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button