खबर फटाफट

लागु औषधसहित ३ जना मानिस पक्राउ

Thrill Factory
Rungta Group

प्रहरीले लागु औषध चरेशसहित ३ जनालाई पक्राउ गरेको छ ।

वीरगञ्ज महानगरपालिका वडा नं ८ स्थित नारायणी गेष्ट हाउसबाट जिल्ला धादिङ गजुरी ८ बस्ने वर्ष २९ को सुरेश तामाङ र भारत विहार जिल्ला सिवान बस्ने वर्ष २२ को आरिफ राजालाई लागु औषध चरेश १२ केजी २४० ग्राम सहित नियन्त्रणमा लिइएको हो ।

त्यसअघि शुक्रबार वीरगञ्ज महानगरपालिका वडा नं १६ रजतजयन्ती चोक स्थित सडकखण्डमा प्रहरी चौकी ईनर्वाबाट खटिएको चेकिङ टोलीले भारतबाट नेपालतर्फ आवतजावत गर्ने सवारी साधन तथा यात्रीहरूलाई चेकजाँच गर्ने क्रममा भारत विहार जिल्ला सिवान बस्ने वर्ष २४ को महमद आलमलाई श्रोत नखुलेको नेपाली दुई लाख पचास हजार फेला परेको थियो ।

निज महमद आलमलाई प्रारम्भिक अनुसन्धान गर्दा लागू औषध खरिद गर्न आएको खुलेको थियो । उनले दिएको जानकारीका आधारमा चरेससहित अन्य व्यक्ति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक कुमार बिक्रम थापाले जानकारी दिए ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button