खबर फटाफटदेश

कोशी प्रदेशका १०९ स्थानमा डढेलो

दुई दिनअघि भोजपुरको हतुवागढी ७ पिप्लेमा भएको आगलागीमा एकै परिवारका तीन बालबालिकाको जलेर मृत्यु भयो ।

प्रहरीका अनुसार आगलागीमा ५ वर्षका प्रनिष कार्की, ७ वर्षीय बालिका दीपशिखा कार्की र ३ वर्षका बालक दियुनिष कार्कीको मृत्यु भएको हो ।

उनीहरू एकै परिवारका हुन् । घरको खोल्मामा बालबालिका खेलिरहेको ठाउँमा अचानक आगलागी हुँदा उनीहरूको मृत्यु भएको थियो । प्रहरीको तथ्याङ्कले पनि एक महिना यता आगलागीमा ५ जनाको मृत्यु र घाइतेको संख्या १६ पुगेको छ ।
त्यसैगरी गएको शनिवार मोरङको रंगेली नगरपालिका–३ बावुसाहेब टोलका २० घर जलेर खरानी भयो । आगलागीले कोशी प्रदेशका धेरै जिल्ला प्रभावित छन् ।

 

गर्मी बढेसँगै पछिल्लो समय कोशी प्रदेशमा दैनिक जसो आगलागी घटना बढ्न थालेका छन् । तर नियन्त्रण चुनौतीपूर्ण बनेको छ । विभिन्न कारण हुने आगलागीका यस्ता घटनाले बस्ती नै जल्दा मानवीय र भौतिक क्षति पनि उत्तिकै बढेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार फागुनयता मात्रै आगलागीबाट १८६ बढी घर जलेर खरानी भएका छन् । जसका कारण ती घरमा आश्रित करिब २ सय बढी परिवार बिचल्ली भएको छ भने घर आगलागी हुँदा २१ करोड बढी क्षति भएको अनुमान प्रहरीले गरेको छ ।
आगलागीका घटनामा बढोत्तरी भइरहेको प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक चन्द्र कुबेर खापुङले बताए । डीआईजी कुबेरका अनुसार फागनु महिना लागेसंगै प्रदेश भर दैनिक जसो आगलागी र डढेलोका घटना बढ्न थालेका छन् ।
तर यसको नियन्त्रण अहिले मुख्य चुनौतीको रूपमा देखिएको उनले बताए । पहाडी जिल्लामा वनमा लागेको डढेलो बस्तीमा फैलिँदा मानवीय र भौतिक क्षति हुने गरेको छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button