देशमुख्य खबर

सुन तस्करी काण्ड : माओवादी नेता महरा पक्राउ, गुरुङलाई धरौटीमा छाड्न आदेश

Thrill Factory
Rungta Group

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । महरालाई कपिलवस्तुबाट पक्राउ गरेर काठमाडौं ल्याइएको छ ।

उनका छोरा राहुल महरा विद्युतीय चुरोट भेपमार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।

यता काठमाडौँ जिल्ला अदालतले सुन तस्करी प्रकरणमा छानबिनका लागि पक्राउ परेका जीवन गुरुङलाई धरौटीमा छाड्न आदेश दिएको छ ।

जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले गुरुङलाई रु १५ लाख धरौटीमा छाड्न आज आदेश दिएको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए ।

केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले गुरुङलाई गत फागुन १४ गते पक्राउ गरेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button