No Image Headlineअन्तराष्ट्रिय

रुसमा भ्लादिमिभर पुटिन पाँचौं पटक राष्ट्रपति निर्वाचित

Thrill Factory
Rungta Group

रुसमा भ्लादिमिभर पुटिन पाँचौं पटक राष्ट्रपति निर्वाचित भएका छन् ।

उनले कुल भोटको करीब ८८ प्रतिशत मत ल्याएर राष्ट्रपतिमा निर्वाचित भएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । रुसमा राष्ट्रपतिमा निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने प्रावधान छ ।

पुटिनसँग राष्ट्रपति पदका लागि कम्युनिस्ट पार्टी अफ रसियन फेडेरेसनका निकोलाई खारितोनोभ, लिबरल डेमोक्र्याटिक पार्टी अफ रसियाका लिओ–निद स्लुतस्की र न्यू पिपुल पोलिटिकल पार्टीका भ्लादिस्लाभ दाभान्कोभ प्रतिष्पर्धामा उत्रिएका थिए ।

पुटिन भने स्वतन्त्र उम्मेदवारका रूपमा चुनावमा लडेका थिए ।  रुसमा राष्ट्रपति निर्वाचनका लागि यही मार्च १५ देखि १७ सम्म गरी तीन दिन मतदान भएको थियो ।

जितपछि भाषणका क्रममा उनले आफूलाई मतदानका लागि रुसी जनताप्रति आभार व्यक्त गरेका छन् । साथै उनले देशको हितको रक्षाका लागि सदा तत्पर सशस्त्र बलको विशेष सराहना गरेका छन् । एजेन्सी

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button