No Image Headlineअन्तराष्ट्रिय

भारतमा १९ अप्रिलदेखि राष्ट्रिय चुनाव : सात चरणमा मतदान, मतगणना जुन ४ मा

Thrill Factory
Rungta Group

भारतीय निर्वाचन आयोगले राष्ट्रिय चुनाव अप्रिल १९ देखि सुरु हुने शनिबार घोषणा गरेको छ ।

हामी प्रजातन्त्रलाई देशको हरेक कुनामा लैजान्छौँ, चुनावी मिति घोषणा गर्न नयाँदिल्लीमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त राजीव कुमारले भने, हामी विश्वभर प्रजातन्त्रको ज्योति बनेर राष्ट्रिय निर्वाचन गराउने बाचा गर्दछौँ ।

राष्ट्रिय निर्वाचनमा अप्रिल १९ देखि जुन २१ सम्म सात चरणमा मतदान हुनेछ । देशभरका मतपत्रहरू एकैपटक सङ्कलन गरेर जुन ४ मा मतगणना गरिनेछ र सामान्यतया सोही दिन नतिजा घोषणा गरिनेछ ।

छ हप्ताभन्दा बढी समय सञ्चालन हुने निर्वाचनमा कूल ९७ करोड मतदाता मतदान गर्न योग्य छन् । उक्त सङ्ख्या संयुक्त राज्य अमेरिका, यूरोपेली सङ्घ इयु र रुसको संयुक्त जनसङ्ख्याभन्दा बढी हो ।

निर्वाचन आयोगका अनुसार चुनावमा एक करोड ५० लाख मतदान कर्मचारीसहित १० लाखभन्दा बढी मतदान केन्द्र सञ्चालनमा रहनेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button