No Image Headlineअर्थयस्तो पनि

जागिर छोडेर कृषि कर्ममा जुटेका यी युवा, उदाहरणीय बन्दै तथ्य कृषि फर्म

Patanjali Nepal
Sweet Mart Food

बारा फेटाका मुकेशकुमार कुशवाह पेशाले इन्जिनियर हुन् । बाराकै विश्रामपुरका विकासकुमार पाल स्वास्थ्य सहायक (एचए) । तर, यी दुवै युवा आआफ्ना मूल पेशामा सीमित भएर रहन सकेनन् ।

यी युवा यतिखेर कृषि कर्ममा नमूना काम गरिरहेका छन् । मुकेशले २ वर्षदेखि गरिरहेको एउटा निर्माण कम्पनीको आकर्षक काम छोडे भने विकासले विश्रामपुर गाउँपालिकामा ५ वर्षदेखि खाइरहेको एचएको जागिर ।

यी युवाको साझेदारीमा वीरगञ्ज–१५ नहर रोडमा सञ्चालन गरेको ‘तथ्य एकीकृत कृषि फर्म’ अहिले उदाहरणीय उद्यम बनेको छ । कृषि आफ्नो पुस्तैनी पेशा भएकाले कृषिलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने सोचबाट आफू जागिर छोडेर कृषि उद्यममा सक्रिय भएको बताउँछन् कुशवाह ।

‘अहिले कृषि उपजमा व्यापक मिसावटको समस्या देखिएको छ । यो अवस्थामा कसरी शुद्धता बढाउन सकिन्छ भन्ने उद्देश्यबाट कृषिलाई उद्यमको रुपमा अगाडि बढाएका हौं,’ मुकेशले भने ।

मुकेश र विकासको साझेदारीमा सञ्चालित कृषि फर्मले दूध, पनीर, घीउ, खुवा, दही, चिया र कफीलगायतका उत्पादन गर्दै आएको छ । वीरगञ्ज–१५ मा रहेको फर्ममा ३५ ओटा गाई/भैसी पालेर दैनिक ३०० देखि ३२५ लीटरसम्म दूध उत्पादन गरिरहेका छन् ।

यसका अलावा बाराको नकटुवा, छतवालगायतका स्थानमा कृषकलाई भैंसी पाल्न दिएका छन् । त्यहाँ उत्पादित दूध उनीहरूको कृषि फर्मले संकलन गर्दै आएको विकासले बताए । उत्पादनका विविधीकरण र बजार विस्तारको योजना उनले सुनाए ।

आफूहरूले दूध र यसबाट बन्ने परिकारमा शुद्धतालाई मुख्य उद्देश्य बनाएको मुकेशले बताए । यही शुद्धताकै कारण उनीहरूको कृषि फर्मले आफ्नो उत्पादन बजारमा डुलाउनु परेको छैन । बिहानबेलुका कृषि फर्ममै ग्राहकको भीड लाग्ने गरेको छ ।

फर्म अगाडि दूध लिन पर्खिएका ग्राहकहरु

निकट भविष्यमा व्यवसाय विस्तारको योजना पनि उनीहरुले सुनाए । कृषि उद्यमका जमेका यी युवा राज्यले कृषि कर्मलाई नीतिगत रुपमा संरक्षण गर्न नसकेकोप्रति भने चिन्तित छन् ।

‘भारतीय क्षेत्रमा उत्पादन भएको दूध खुला सिमानाबाट खुलेआम रुपमा भित्रिइरहेको छ । जसका कारण हाम्रो उत्पादनले सोचेजस्तो बजार पाउन सकेको छैन । भारतमा त्यहाँको सरकारले कृषिमा विभिन्न सहुलियत दिएको छ । त्यहाँ दानासमेत प्रतिबोरा १००० रुपैयाँसम्म सस्तो हुँदा उताको दूधको लागत कम पर्न जान्छ । यो नियन्त्रण हुने हो भने हामीकहाँ कृषकलाई केही हदसम्म सहिजो हुने थियो,’ मुकेशले गुनासो गरे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button