देशमुख्य खबर

प्रधानमन्त्री दाहाललाई विश्वासको मत, पक्षमा १७२ मत खस्दा विपक्षमा ८९

Thrill Factory
Rungta Group

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाबाट फेरि विश्वासको मत पाउनुभएको छ ।

सोमवारको प्रतिनिधिसभा बैठकमा पेस भएको विश्वासको मतको पक्षमा १७२ सांसदले मत दिएका छन् । उक्त संख्या संसदको कुल संख्याको बहुमत हो । प्रधानमन्त्रीलाई विश्वासको मत लिनका लागि १३८ सांसदको समर्थन आवश्यक थियो ।

प्रतिनिधिसभामा पेस भएको विश्वासको मतको विपक्षमा ८९ सांसदले मत दिएका छन् । यस्तै १ सांसद भने तटस्ठ बसेका छन् ।

मतदानपछि सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीले विश्वासको मत पाएको घोषणा गरे ।

प्रधानमन्त्री दाहालले यसअघि गत पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत पाउनुभएको थियो । त्यतिबेला उहाँले बैठकमा उपस्थित २७० जना सांसदहरूमध्ये २६८ जनाको मत पाउनुभएको थियो ।

त्यतिबेला सरकारलाई समर्थन गरेका नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले पुनः विश्वासको मत लिनुभएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button