आज यी चार प्रदेशमा हुँदैछ मेघ गर्जन र चट्याङसहित वर्षा
आज चारवटा प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले गरेको छ।
वागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी इलाका तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक, हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
मेघ गर्जन र चट्याङ तथा हावाहुरीबाट क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
हाल देशभर आंशिकदेखि सामान्य बदली रही वागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा भइरहेको छ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने अनुमान छ। वागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी इलाका तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक, हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ। देशको पहाडी भेगका केही स्थान तथा तराईका थोरै ठाउँमा मेघ गर्जन र चट्याङसहित क्षणिक, हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।