No Image Headlineअर्थ

हट्यो २ वर्षे श्रम स्वीकृतिको प्रावधान, श्रमिकलाई कस्तो फाईदा ?

सरकारले वैदेशिक रोजगारमा जाने नेपालीहरूलाई दिइने दुई वर्षे श्रम स्वीकृतिको प्रावधान हटाउने भएपछि श्रमिकको एउटा मुख्य झन्झट पार लाग्ने विज्ञहरूले बताएका छन्।

यसै साताको सुरुवातमा बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार अबदेखि रोजगारदातासँगको सम्झौता तथा भिसा अवधिको आधारमा सोही अनुरूप श्रम स्वीकृति दिइने निर्णय भएको अधिकारीहरूले बताएका छन्।

यसअघि रोजगारीका लागि विदेशिने हरेकलाई सरकारले अधिकतम दुई वर्षको श्रम स्वीकृति उपलब्ध गराउँदै आएको थियो।

“श्रमिकहरूको भिसा र श्रम अवधि छँदै स्वीकृति नभएका कारण नेपाल फर्कनुपर्ने वा सरकारको स्वीकृतिविना विदेशमा बस्नु पर्ने अवस्था देखिएकाले” समय सीमा हटाइएको श्रम मन्त्रालयले जारी गरेको विज्ञप्तिमा लेखिएको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button