वीउवासंघका पदाधिकारी निर्विरोध : अध्यक्षमा चुनिए अनिलकुमार अग्रवाल, अरु कोको आए ?

बारा–पर्साका उद्योगी व्यापारीहरुको संस्था वीरगञ्ज उद्योग वाणिज्य संघले कार्यसमिति सदस्यदेखि पदाधिकारीसम्म सर्वसम्मतिबाट चयन गरेको छ ।



मंगलबार भएको निर्वाचनमा अध्यक्षमा अनिलकुमार अग्रवाल पटवारी निर्विरोध चयन भएका छन् । अग्रवालसहित अन्य पदाधिकारीसमेत निर्विरोध रुपमा चुनिएका हुन् ।



पटवारी यसअघि संघको प्रथम उपाध्यक्ष थिए । संघको सचिवालयले दिएको जानकारीअनुसार संघको प्रथम उपाध्यक्षमा हरिप्रसाद गौतम, द्वितीय उपाध्यक्षमा माधव राजपाल, महासचिवमा आशीषकुमार लाठ र कोषाध्यक्षमा शिवजी प्रसाद साह कलवार, सचिवमा सुशान्त चाचान र प्रेमचन्द्र गोयल निर्वाचित भएका छन् ।



सहकोषाध्यक्षमा अनोज रुंगटा, सहसचिवमा निरज अग्रवाल र नरेशकुमार अग्रवाल टिवडेवाल निर्विरोध निर्वाचित भएका छन् । संघको पहिलो कार्यसमिति बैठकले तृतीय उपाध्यक्ष चयन गर्ने सचिवालयले बतएको छ । संघको ३५ सदस्यीय कार्यसमिति सदस्यहरूको चयनसमेत सर्वसम्मत प्रक्रियाबाट भएको थियो ।