No Image Headlineअर्थ

कारोबारमा टप टेन कम्पनीमा वीरगञ्जकै ३ कम्पनी, व्यापारमा गाडी बेच्नेकै वर्चश्व

धेरै कारोबार गर्ने टप टेन कम्पनीमा वीरगञ्ज क्षेत्रकै ३ कम्पनी परेका छन् ।

Patanjali Nepal
SweetMart Nepal

बारा पर्सा औद्योगिक कोरिडोरको जगदम्बा स्टिल लिमिटेड धेरै कारोबार गर्ने कम्पनीको सूचीमा पहिलो नम्बरमा परेको छ भने यही कोरिडोरमा सञ्चालित सूर्य नेपाल प्रालि र रुंगटा समूहको ओसीबी फुड्न एण्ड फुड्स सर्वाधिक कारोबार गर्ने सूचीको टम टेनमा परेका छन् ।

जगदम्बा स्टिलले आर्थिक वर्ष २०७८/७९ मा ४९ अर्ब ६६ करोड ३४ लाखको कारोबार गरेको हो । रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिट रेटिङ लिमिटेडका अनुसार सन् २०२१/२२ मा २१ अर्ब ६६ करोडको व्यापार गरेको जगदम्बाले एकै वर्षमा १५० प्रतिशतले व्यापार वृद्धि गर्दै कम्पनीले व्यापारमा छलाङ हानेको छ ।

कारोबार धेरै गर्ने दोस्रो ठूलो कम्पनीमा सूर्य नेपाल प्राली रहेको छ। कम्पनीले ४७ अर्ब ४० करोड रुपियाँको व्यापार गरेको विवरणबाट देखिन्छ । सूर्य नेपालनीले यस आर्थिक वर्षमा १० अर्ब ७२ करोड कर दाखिला गर्दै सबैभन्दा धेरै कर तिर्ने कम्पनी समेत बनेको छ ।

कारोबार धेरै गर्ने ठूला कम्पनीको सूचीको तेस्रो नम्बरमा नेपाल दुरसञ्चार कम्पनी लिमिटेड रहेको छ । यो कम्पनीले गएको आर्थिक बर्षमा ४४ अर्ब ९३ करोड २९ लाख बराबरको व्यापार गरेको छ ।

चौथो ठूलो कम्पनीमा एनसेल अजियटा लिमिटेड परेको छ । यो कम्पनीले आर्थिक वर्ष २०७८/७९ मा ४० अर्ब २८ करोड ९४ लाख रुपियाँको व्यापार गरेको हो ।

यसैगरी, धेरै कारोबार गर्ने पाचौं ठूलो कम्पनीमा गाडी बिक्रेता कम्पनी सिप्रदी ट्रेडिङ प्राली रहेको छ । यो कम्पनीले गएको आर्थिक बर्ष २९ अर्ब सात करोड रुपियाँको व्यापार गरेको छ । इण्डियन गाडी उत्पादक कम्पनी टाटाको नेपालको आधिकारिक बिक्रेता रहेको सिप्रदीले विद्युतीय गाडी टाटा नेक्सन ईभी बिक्रीमा उछाल ल्याउन सक्दा व्यापार बढेको हो ।

धेरै व्यापार गर्ने ठूला कम्पनीको छैटौं नम्बरमा भाटभटेनी सुपरमार्केट डिपार्टमेन्टल स्टोर परेको छ । यो कम्पनीले २६ अर्ब ८८ करोड ६८ लाखको व्यापार गरेको छ ।

धेरै कारोबार गर्ने सातौं ठूलो कम्पनीमा पनि गाडी बिक्रेता कम्पनी छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षसमेत रहेका शेखर गोल्छाको हंसराज हुलासचन्द एण्ड कम्पनीले इण्डियन ब्राण्डको दुई पांग्रे सवारी साधन बिक्री गर्दै आएको छ । बजाज ब्राण्डको मोटरसाइलहरु बिक्री गर्दै आएको यो कम्पनीले गएको आर्थिक बर्षमा मोटरसाइकल बिक्री गरी २२ अर्ब ३३ करोड ८९ लाख रुपियाँको व्यापार गरेको छ ।

आठौं नम्बरमा एमएडब्लु इन्टरप्राइजेज प्राली रहेको छ । कम्पनीले गएको आर्थिक बर्षमा १७ अर्ब ५१ करोड ५१ लाख रुपियाँको व्यापार गर्दै दुई पांग्रे सवारी साधन बिक्री गर्ने कम्पनीमध्ये दोस्रो स्थानमा परेको छ ।

यसैगरी, धेरै कारोबार गर्ने नवौं नम्बरमा होङ्शी शिवम् सिमेन्ट प्राली परेको छ । चिनियाँ मुख्य लगानी रहेको यो कम्पनीले गएको आर्थिक बर्षमा १७ अर्ब ३० करोड रुपियाँको व्यापार गर्दै सबैभन्दा ठूलो सिमेन्ट बिक्रेता कम्पनी बनेको छ ।

गएको आर्थिक बर्षमा धेरै व्यापार गर्ने कम्पनीहरुको १० औं नम्बरमा ओबिसी फुड्स एण्ड फिड्स प्राली परेको छ । वीरगञ्ज पथलैया औद्योगिक कोरिडोरमा रहेको यो कम्पनीले गएको आर्थिक बर्षमा १६ अर्ब ७४ करोडको व्यापार गरेको देखिन्छ ।

ओबिसी गत वर्ष मात्रै ठूला करदाता कार्यालयअन्तर्गत समावेश भएको हो । यो कम्पनीले ब्रोइलर कुखुरा पाल्न आवश्यक सामग्रीहरु र तेल उत्पादन तथा बिक्री गर्दै आएको छ।

कसको कारोबार कति ?

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button