
इन्टरनेट सेवा प्रदायक भायानेटले विद्यालयका विद्यार्थीहरूको डिजिटल सिकाइ अनुभवलाई गति दिने उद्देश्यले इ–लर्निङको सुरुवातकर्ता मिदास एडुकेसनसँग साझेदारी गरेको छ ।



भायनेटले २०७९ वैशाखसम्म आफ्ना ग्राहकलाई मिदास इ–क्लास एक महिना निशुल्क चलाउन दिने भएको हो । यसका लागि भायनेटका ग्राहकले आफ्नो भायानेट कस्टमर पोर्टल वा भायानेट मोबाइल एपमार्फत लगइन गरी मिदास इ–क्लास दाबी गर्नुपर्ने सो कम्पनीले जनाएको छ ।



यो सहकार्यसँगै भायानेटका सबै ग्राहकहरूले मिदास इ–क्लास १ महिना निःशुल्क चलाउन पाउने कम्पनीले बताएको छ । नर्सरीदेखि कक्षा १० सम्मका लागि सरकारद्वारा प्रमाणित पाठ्यक्रम रहेको जनाएको छ ।



मिदास इ–क्लास एन्ड्रोइड मोबाइल र ल्यापटपमा वेबसाइटमार्फत प्रयोग गर्न सकिन्छ । ‘विभिन्न ट्युटोरियल भिडियो, क्विज र विभिन्न अन्तर–क्रियात्मक कार्यक्रम रहेको यो सेवाले अनलाइन सिकाइलाई अझ सहज र रमाइलो बनाउँछ,’ विज्ञप्तिमा भनिएको छ ।
मिदास इ–क्लासमा लाइभ ट्युटोरिङको विशेष सुविधा पनि रहेकाले शिक्षकहरूले आफ्ना विद्यार्थीहरूलाई लाइभ सिकाउन र विद्यार्थीहरूसँग अन्तरक्रिया गर्न सक्ने बताइएको छ ।
विद्यालयमा अध्यनरत विद्यार्थीहरुको लागि फलामे ढोका मानिने एसइइ नजिकै रहेको अवस्थामा परीक्षाको तयारी गरिरहेका सबै विद्यार्थीहरूलाई यो सहकार्यले विशेष फाइदा पुग्ने विश्वास भायनेटको छ । भायनेटले आफ्ना ग्राहकलाई उत्कृष्ट डिजिटल अनुभव प्रदान गर्न नेपाल र बाहिरका प्रख्यात संस्थाहरूसँग साझेदारी गर्दै आएको बताएको ।