अन्तराष्ट्रिय
युद्ध अन्त्यको विषयमा रूसी राष्ट्रपति पुटिन के भन्छन् ?

रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी सेनाले आत्मसमर्पण गरेपछि मात्रै युक्रेनी शहर मारिओपोलमा गोलाबारी अन्त्य हुने बताएका छन् ।



मंगलबार राति फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँग एक घण्टा वार्तामा उनले सो धारणा राखेको रूसी प्रशासन केन्द्र क्रेमलिनले विज्ञप्तिमा जनाएको छ ।



शहरबाट नागरिकहरूलाई हटाउने योजनाहरू विचार गर्न भने पुटिन सहमत भएको फ्रान्सेली अधिकारीहरुले बताएका छन् ।



त्यसपछि रूसले बिहीबार एक दिने युद्धविराम घोषणा गरेको छ ।
यसले मानिसहरूलाई रूस नियन्त्रित बर्दियान्स्क बन्दरगाह हुँदै जापोरिज्जियाको पश्चिमतर्फ यात्रा गर्न अनुमति दिनेछ ।