अन्तराष्ट्रियअर्थ

रूसी नागरिकले १० हजार डलर बढि लिएर देश छोड्न नपाउने

Thrill Factory
Rungta Group

रूसी नागरिकले १० हजार डलर भन्दा बढि विदेशी मुद्रा नगद लिएर देश छोड्न नपाउने भएका छन् । राष्ट्रपति पुटिनले ७ हजार ५०० यूरो बराबर नगद हातमा लिएर कुनै पनि नागरिकले सिमा पार गर्न नपाउने निर्देशन दिएका हुन् ।

पुटिनको यो निर्देशन बुधबारबाट लागु भएको छ । पश्चिमी राष्ट्रहरुले लगाएको प्रतिबन्धका कारण रूसको अर्थतन्त्र कमजोर भएको छ । जसकारण रुबलको मूल्यमा गिरावट आएको छ ।

रूसको सबैभन्दा ठुलो बैंक, स्बेर बैंकले यूरोपियन बजार त्याग्ने घोषणा गरेको छ । रूसको सर्वाधिक ऋणदाता रहेको स्बेर बैंकका सहायक बैंकहरुले ठुलो संख्यामा नगद बाहिरिँदा समस्या भोगिरहेको अवस्थामा यस्तो निर्णय गरेको हो ।

मंगलबार यूरोपियन केन्द्रिय बैंकद्वारा स्बेरबैंकको यूरोपियन शाखालाई बन्द गर्न आदेश दिइएको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button