अन्तराष्ट्रिय

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा रुसले लगायो भिटो

पश्चिमी देशहरूले शुक्रबार राति संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा लगेको प्रस्तावको मस्यौदामाथि रुसले भिटो प्रयोग गरेको छ ।

रुसले युक्रेनमाथि गरेको सैन्य आक्रमणको निन्दा गर्ने प्रस्ताव पश्चिमी देशहरूले सुरक्षा परिषदमा लगेका थिए । उक्त प्रस्ताव अघि बढाउने वा नबढाउने भन्ने विषयमा रुसले भिटो प्रयोग गरेको हो ।

रुसले भिटो प्रयोग गरेसँगै अब सुरक्षा परिषदमा उक्त प्रस्ताव माथि छलफल हुनेछैन ।

राष्ट्रसंघको पाँच स्थायी सदस्यले भिटो प्रयोग गर्न पाउने अधिकार छ । अमेरिका, रुस, चीन, बेलायत र फ्रान्स राष्ट्रसंघका स्थायी सदस्य हुन् ।

शुक्रबार राति नै सुरक्षा परिषद्का सदस्यहरूबीच प्रस्तावको पक्ष र विपक्षमा मतदान भएको थियो। मतदानमा चीन, भारत र युनाइटेड अरब इमिरेट्स युएई अनुपस्थित रहेका थिए । बाँकी ११ देशले प्रस्तावको पक्षमा मतदान गरेका थिए ।

मस्यौदामाथि अब राष्ट्रसंघका १९३ सदस्य रहेको महाशभामा जाने बताइएको छ । प्रस्तवामा सुरक्षा परिषदको गैरजिम्मेवार सदस्यले छिमेकी युक्रेनमाथि आक्रमण गरेको, राष्ट्रसंघ र अन्तर्राष्ट्रिय प्रणाली बिगार्ने, शत्तिmको दुरुपयोग गर्नेजस्ता आरोप रुसमाथि लगाइएको छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button