No Image Headlineअर्थविशेष

फेरि बढ्यो इन्धनको भाउ, डिजेलको मूल्य हालसम्मकै उच्च

नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले शनिबार रातीबाट लागू हुनेगरी पेट्रोल,डिजल र मट्टीतेलमा प्रतिलिटर रू. ३ का दरले मूल्य बढाएको हो।

यससँगै पेट्रोलको मूल्य प्रतिलिटर रू. १४५ तथा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर रू. १२८ पुगेको छ । हवाई इन्धन र एलपी ग्याँसको मूल्य भने यथावत राखिएको छ।

१८ माघमा मात्रै मुल्य बृद्धि गरेको सरकारले तीन हप्ता नपुग्दै इन्धनको भाउ बढाएको हो। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेकाले स्थानीय बजारमा पनि विक्री मूल्य बढाउनुपरेको निगमले जनाएको छ ।

मूल्यवृद्धिका बावजूद अझै पेट्रोलमा प्रतिलिटर १६ रूपैयाँ ५९ पैसा, डिजलेमा प्रतिलिटर १२ रूपैया ९८ पैसा घाटा रहेको निगमको दाबी छ। मूल्यवृद्धिका बावजूद निगमको १५ दिनको घाटा रू. २ अर्ब १५ करोड हुने निगमले जनाएको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button