No Image Headlineदेशमुख्य खबर

एमसीसीको निर्णय संसदबाट हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहायता परियोजना एमसीसी स‌ंसदले नै निर्णय गर्ने बताएका छन् ।

कांग्रेस नेता अर्जुननरसिंह केसीद्वारा लिखित ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’पुस्तकको बालुवाटारमा विमोचन गर्दै प्रधानन्त्री देउवाले संसदले पारित गरे पनि नगरे पनि संसदकै जिम्मामा दिनुपर्ने बताएका हुन् ।

‘संसद जनताका प्रतिनिधिहरूको थलो भएकोले एमसीसीबारे निर्णय दिने ठाउँ नै संसद हो, उनले भने, ‘हामी एमसीसीको पक्षमा छौं । हाम्रो पार्टीको कार्यसम्पादन समिति र संसदीय दलले निर्णय गरिसकेको छ । अब पास फेल जे हुन्छ संसदले टुंग्याउनुपर्छ’,

एमसीसी अध्ययन नै नगरी आलोचना गरिएको प्रधानमन्त्री देउवाको बुझाइ छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button