अर्थ

ग्रीन भेन्चर्सको आईपीओ फागुन २ मा आउने

ग्रीन भेन्चर्सले फागुन २ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले जारी पूँजी तीन अर्ब १२ करोड ५० लाख मध्ये १० प्रतिशतले हुन आउने ३१ करोड २५ लाख रुपैयाँको आईपीओ प्रभावित क्षेत्रका बासिन्दालाई बिक्री गर्नै भएको हो ।

आयोजना प्रभावित क्षेत्र अर्थात ओखलढुङ्गा जिल्लाको खिजिम्वादेवी गाउँपालिका एक, दुई, तीन, लिखु गाउँपालिका नौ, एक, रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका एक र दुई, उमाकुण्ड गाउँपालिका ७ का बासिन्दाले आईपीओमा आवेदन दिन पाउने छन् ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button