No Image Headlineदेशमुख्य खबर

नेपालमा अहिलेसम्म कतिले लगाए कोरोनाविरुद्धको बुस्टर डोज ?

नेपालमा अहिलेसम्म कोरोना भाइरसविरुद्धको बुस्टर डोज चार लाख ८४ हजार ४७९ मात्रा लगाइएको छ।

Patanjali Nepal
SweetMart Nepal

सरकारले माघ २ गतेदेखि बुस्टर डोज दिन सुरु गरेको थियो। हालसम्म लक्षित समूहका ८६ प्रतिशतले पहिलो मात्रा लगाएका छन् भने ७४ प्रतिशतले पुर्णमात्रा खोप लगाएका छन्।

बुधबार ८ लाख बढीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार ८ लाख १५ हजार ७९६ जनाले खोप लगाएका हुन्। हाल ५०० भन्दाबढी संक्रमण भएको जिल्ला १६ पुगेको छ।

मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, धनुषा, सिराहा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, नवलपरासी पूर्व, बाँके, रुपन्देही, र कैलालीमा ५०० भन्दाबढी संक्रमित रहेका छन्।

यस्तै २०० भन्दाबढी संक्रमित भएका १८ जिल्ला रहेका छन्। ती जिल्लामा सप्तरी, पर्सा, बारा, महोत्तरी, सर्लाही, धादिङ, सिन्धुपाञ्चोक, सिन्धुली, नुवाकोट, गोरखा, स्याङ्जा, बागलुङ, तनहुँ, पाल्पा, बर्दिया, सुर्खेत र कञ्चनपुर रहेका छन्। मन्त्रालयका अनुसार सक्रिय संक्रमितको सङ्ख्या ६९ हजार २९१ पुगेको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button