No Image Headlineदेश

१८ जिल्लामा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित, कुनकुन हुन् ती जिल्ला ?

अहिले काठमाडौं जिल्लामा मात्र ३२,००० भन्दा बढी सक्रिय सङ्क्रमित छन्। ललितपुरमा झन्डै १०,००० र भक्तपुरमा झन्डै ५,५०० सक्रिय सङ्क्रमित रहेका तथ्याङ्कले देखाउँछ।

पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित १८ वटा जिल्लामा रहेको तथ्याङ्क छ। त्यसमा प्रदेश नं १ को मोरङ, सुनसरी र झापा, मधेश प्रदेशको धनुषा, सप्तरी र सिराहा, गण्डकी प्रदेशको कास्की र नवलपरासी पूर्व, लुम्बिनी प्रदेशको बाँके, रूपन्देही र दाङ अनि सुदूरपश्चिम प्रदेशको कैलाली रहेका छन्।

सोमवार सार्वजनिक तथ्याङ्कले अन्य १८ जिल्लामा २०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेको देखाएको छ। कतिपय विज्ञहरूले सीमित सङ्ख्यामा मात्रै परीक्षण गरिएकाले सरकारी तथ्याङ्कलाई पूर्ण मान्न नसकिने धारणा राख्ने गरेका छन्।

हिजोआजा मानिसहरूले घरबाटै एन्टिजन परीक्षण गर्ने गरेको पाइएको छ। त्यसबारे पनि विवरण सङ्कलन गर्ने प्रयास स्वास्थ्य मन्त्रालयले अघि बढाएको बताइन्छ। तर धेरै मानिस अझै परीक्षण गर्न नगएको जनस्वास्थ्यविद्हरूको भनाइ छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button