यस्तो पनि

लुम्बिनीमा ३५ वर्षदेखि बलिरहेको शान्तिदीप, यस्तो छ वास्तविकता

गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा रहेको मायादेवी मन्दिरको केही मिटर उत्तरतर्फ लाग्दा एउटा ठूलो खालको पालामा बत्ती बलिरहेको देखिन्छ।

सो बत्तीलाई शान्तिदीप भन्ने गरिएको छ। अहिले सोही बत्तीलाई बीचमा पारेर दक्षिणदेखि उत्तरतर्फ १,६०० मिटर लम्बाइ र १६ मिटर चौडाइको नहर बनाइएको छ।

लुम्बिनी विकास कोषमा पुरात्त्वविद्‌का रूपमा लामो समय काम गरेका वरिष्ठ पुरात्त्वविद्‌ वसन्त बिडारीका अनुसार यो दीप २०४३ साल कार्तिक १५ ९नोभेम्बर१, १९८६० देखि लुम्बिनीमा बल्न थालेको हो।

ूसन् १९८६ लाई संयुक्त राष्ट्रसङ्घले शान्ति वर्षको रूपमा मनाउने क्रममा राष्ट्रसङ्घको कार्यालय न्यूयोर्कमा मशाल प्रज्वलित गरिएको थियो। त्यही मशालको ज्वाला लुम्बिनीमा ल्याए शान्ति दीपमा सल्काइएको हो, बिडारीले भने।

उनी भन्छन्, यो कतै लेखेको त पाइँदैन। तर त्यो ज्वाला न्यूयोर्कबाट लुम्बिनी ल्याउनुअघि विश्वका विभिन्न ५६ वटा देशमा घुमाइएको बताइन्छ।

लुम्बिनीमा पूर्वराजा अर्थात् त्यो समयका अधिराजकुमार ज्ञानेन्द्र शाहले दीप प्रज्वलन गरेका थिए ।

लुम्बिनी विकास कोषका सूचना अधिकृत हरिध्वज राईका अनुसार दीप बाल्नका लागि लुम्बिनी विकास कोषले एलपी ग्यासका १५ वटा सिलिन्डरको व्यवस्था गरेको छ।

सिलिन्डरबाट पाइपमार्फत् क्रमैसँग शान्ति दीपसम्म ग्यास पुर्‍याइन्छ। ग्यासका सिलिन्डर खाली राख्दैनौँ, सकिन लाग्दा लाग्दै अर्को सिलिन्डरबाट ग्यास जाने व्यवस्था गरिएको छ, राईले भने। वीबीसीको सामग्रीमा आधारित

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button