No Image Headlineखबर फटाफटदेश
काठमाडौं उपत्यकामा आज राति १२ बजेदेखि जोरबिजोर प्रणाली
काठमाडौं उपत्यकामा आज शुक्रबार राति १२ बजेदेखि सवारी साधनमा जोरबिजोर प्रणाली लागू हुने भएको छ ।
कोरोना संक्रमण नियन्त्रण गर्नको लागि भन्दै सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्न लागिएको हो ।
उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले शुक्रबार राति १२ बजेदेखि सार्वजनिक र निजी सवारी साधनहरुमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो ।
यो निर्णय अनुसार अब जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका सवारी साधन सञ्चालन गर्नुपर्ने छ । जोर बिजोरको निर्णय दुई पांग्रे सवारी साधनहरुमा पनि लागू हुने बताइएको छ ।