अन्तराष्ट्रिय
भारतमा बढ्यो कोरोना, थप ५१ हजारमा संक्रमण

भारतमा कोरोना संक्रमण दर ह्वात्तै बढेको छ ।
यूरोपमा संक्रमणदर उच्च बिन्दुमा पुगेपछि त्यसको प्रभाव छिमेकी मुलुक भारतमा पनि देखिएको छ ।


ओल्डोमिटरकाअनुसार पछिल्लो २४ घण्टामा मात्रै भारतमा ५१ हजार ७२९ जनामा संक्रमण पुष्टि भएको छ ।
यही अवधिमा २४ हजार ८८९ जना संक्रमणमुक्त भएका छन् ।
त्यहाँ अहिले सक्रिय संक्रमितको संख्या २ लाख १० हजारको हाराहारीमा पुगेको छ ।