No Image Headlineदेश

अचानक किन स्थगित भयो प्रतिनिधिसभाको बैठक ?

Thrill Factory
Rungta Group

प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

संसद भवन नयाँ बानेश्वरमा आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक नेकपा माओवादी केन्द्रको महाधिवेशन लम्बिएका कारण स्थगित भएको हो।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारू आयोगको तेस्रो वार्षिक प्रतिवेदन आर्थिक बर्ष २०७७/७८ पेश गर्ने एउटा मात्रै कार्यसूची थियो।

यससँगै बिहान साढे ११ बजे बस्ने भनिएको कार्यव्यवस्था परामर्श समितिको बैठक पनि स्थगित भएको छ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरोध जारी राख्दै आएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button