अन्तराष्ट्रिय

भारतमा ९० प्रतिशत वयस्कलाई कोरोनाविरुद्धको खोप

Patanjali Nepal
Sweet Mart Food

भारतका कूल वयस्कमध्ये ९० प्रतिशतलाई कोरोनाभाइरस विरुद्धको खोप दिइएको छ ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार दिएको जानकारीअनुसार वयस्कमध्ये ९० प्रतिशतलाई कोरोनाभाइरस विरुद्धको कम्तीमा एउटा खोप दिइएको छ ।

मन्त्रालयका अनुसार भारतमा पछिल्लो हप्ता औसतमा दैनिक आठ हजार नयाँ सङ्क्रमित थपिने गरेका छन् ।

पछिल्लो २४ घण्टामा भने थप १३ हजार १५४ सङ्क्रमित भएको मन्त्रालयले जानकारी दिएको छ । थपिएका सङ्क्रमितमध्ये ९६१ जना ओमिक्रोन भेरियन्टका रहेका छन् ।

यसैसँगै भारतमा कूल कोरोना सङ्क्रमित सङ्ख्या तीन करोड ४८ लाख २२ हजार ४० पुगेको पनि मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा थप २६८ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाका कारण मृत्यु भएकाहरुको कूल सङ्ख्या चार लाख ८० हजार ८६० पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

भारतमा अहिले ८२ हजार ४०२ जना सङ्क्रमित अवस्थामै रहेका छन् भने गएको २४ घण्टामा सात हजार ४८६ जना कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना सुरु भएयता हालसम्म तीन करोड ४२ लाख ५८ हजार ७७८ जनालाई कोरोनाभाइरसको सङ्क्रमण निको भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button