अर्थ
वर्षाले देशभर विद्युत् सेवा अवरुद्ध, २०० मेघावाट लोड प्रभावित

बुधबार बिहानै देखिको वर्षाले देशभर विद्युत् सेवा अवरुद्ध बनेको छ ।
बुधबार बिहानैदेखि देशभर परेको वर्षाले २०० मेगावाट विधुत अवरुद्ध भएको नेपाल विधुत प्राधिकरणले जनाएको छ ।


सहरी क्षेत्रमा इन्टरनेटको तार सर्ट हुँदा तथा अन्य क्षेत्रमा रुख ढलेर प्रसारण लाइनमा क्षति गर्दा विधुत अवरुद्ध भएको हो ।
प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले यतिबेला २०० मेगावाट विधुत अवरुद्ध भएको बताए । काठमाडौंसहित महेन्द्रनगर, बुटवल, बिराटनगर, बीरगंज लगायत क्षत्रमा अवरुद्ध भएको भट्टराईले बताए ।