खबर फटाफट

सरकारले थाल्यो निर्वाचन लक्षित सुरक्षाको तयारी

सरकारले मुलुकमा आसन्न राष्ट्रियसभा र स्थानीय तहको निर्वाचनको सुरक्षाको तयारी सुरु गरेको छ ।

गृहमन्त्रालयमा आइतबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा राष्ट्रियसभा र स्थानीय तहको निर्वाचनको सुरक्षाका बिषयमा छलफल भएको हो ।

गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको बैठकमा सुरक्षाका बहुआयामिक आयाम सवैको व्यवस्था गर्ने निर्णय भएको मन्त्रालयका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए ।

बैठकमा मुलुकका सवै सुरक्षा निकायका प्रतिनिधि तथा मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button