
राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाले सामाजिक सञ्जालमाफर्त हार स्वीकार गरेका छन् । थापा र राजेन्द्र लिङ्देनबीच कडा प्रतिस्पर्धा भएको थियो ।
शनिबार राति मतदान सम्पन्न भएपछि मतगणना सुरु भएको थियो । सुरुदेखि नै अग्रता बनाएका लिङ्देनले बाजी मारेका हुन् ।


थापाले फेसबुकमा एक पोस्ट लेख्दै हार स्वीकार गरेका छन् । तर उनले हारका लागि पूर्वराजा ज्ञानेन्द्र शाहमाथि आरोप लगाएका छन् । उनले निर्मल निवासको नांगो हस्तक्षेप भएको भन्दै भत्सर्ना गरेका छन् ।