यस्तो पनि

पेट्रोलको मूल्य बढेपछि ‘बुलेट बाइक’ बेचेर घोडामा सवार !

Thrill Factory
Rungta Group

पेट्रोलियम पदार्थको मूल्यवृद्धिले आम सर्वसाधारणलाई हैरान गर्ने गर्छन् । मूल्यवृद्धिको चर्को विरोध समेत हुने गरेको छ ।

पेट्रोलको मूल्य ह्वात्तै बढेपछि भारतको पश्चिम बंगालस्थित हुगली जिल्लाका २९ वर्षीय आलोक कुमारले ‘बुलेट बाइक’ बेचेर घोडा किनेका छन् ।

आलोकले अब मोटरसाइकल छाडेर घोडामै सवार हुने निधो गरेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मोटरसाइकल बेचेका उनले घोडालाई कमाइको माध्यम समेत बनाएका छन् । उनले इच्छुक युवालाई घोडसवारी तालिम दिएर कमाइ समेत गरिरहेका छन् ।

पेट्रोलको मूल्यवृद्धिको असरबाट छुटकारा पाउन घोडामा यात्रा गर्नु उपयुक्त हुने सुझाव उनले अरुलाई पनि दिने गरेका छन् । आलोकलाई देखेर स्थानीय स्तरमा युवामा घोडसवारीको क्रेज बढेको समाचारमा उल्लेख छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button