
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यकारिणी सदस्य डा. सुबोधकुमार गुप्ता नेपाल–युएई बिजनेस काउन्सिलको द्वितीय उपाध्यक्ष चयन भएका छन् ।
नेपाल–युएई बिजनेस काउन्सिलको इम्बेसी अफ युएई र सिईओ क्लब ग्लोबल (नेपाल) तथा सेन्टर फर डिप्लोमेटिक डाइलगले डा. गुप्तालाई उपाध्यक्ष चयन गरेको संघले जनाएको छ ।


उपाध्यक्ष गुप्तालाई नेपालका लागि संयुक्त अरब इमिरेट्सका राजदूत सईद हमदान अल नकबीले ओहदाको प्रमाण–पत्र वितरण तथा पद र गोपनीयताको शपथ गराए ।
गुप्तालाई केही समयअघि फ्रान्सको युरोपियन इन्टरनेशनल युनिभर्सिटीले ग्लोबल लिडरशीप एण्ड म्यानेजमेन्टअन्तर्गत मानार्थ विद्यावारिधी प्रदान गरेको थियो ।
गुप्ताको नेपाल–युएई बिजनेस काउन्सिलको उपाध्यक्षमा चयनले यस क्षेत्रको उद्योग, व्यापारका साथै अन्तर्रााष्ट्रियस्तरमा उद्योग, व्यापार र सङ्घको संस्थागत प्रबद्र्धनमा सहयोग पुग्ने विश्वास सङ्घका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवालले व्यक्त गरे ।