No Image Headlineदेश

३८५ कोरोना संक्रमित थपिए, ४ जनाको मृत्यु

Patanjali Nepal
Sweet Mart Food

नेपालमा पछिल्लो २४ घण्टामा ३८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार ९२१ जनाको पीसीआर परीक्षणमा ३६७ र २ हजार ७७६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १८ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २५८ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

निको हुने दर ९७ दशमलब ७ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button