No Image Headlineदेश
२४२ जनामा कोरोना संक्रमण पुष्टि, ४४४ जना संक्रमणमुक्त

नेपालमा विगत २४ घण्टामा २४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार दिएको जानकारी अनुसार उक्त अवधिमा ४ हजार १४५ ओटा पीसीआर परीक्षण गरिएकामा २०९ जना र २ हजार ९९१ ओटा एन्टिजेन परीक्षण गरिएकोमा ३३ जना गरी कुल २४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।


मन्त्रालयका अनुसार उक्त अवधिमा ४४४ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । उक्त अवधिमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४९५ पुगेको छ ।
मन्त्रालयका अनुसार मुलुकभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ७ हजार ३०३ रहेको छ ।