No Image Headlineअर्थ

यी राजमार्गमा बन्दैछन् चार्जिङ स्टेसन, के–के हुनेछन् सुविधा ?

Thrill Factory
Rungta Group

नेपाल विद्युत् प्राधिकरणले गत वर्ष निर्माण शुरू गरेको ५० वटा चार्जिङ स्टेसन ६ महिनाभित्र सम्पन्न गरिने भएको छ ।

प्रमुख राजमार्गका ३२ स्थानमा ५० वटा चार्जिङ स्टेसन निर्माण भइरहेका छन् । प्राधिकरणले विद्युतीय सवारीसाधनका लागि चार्जिङ स्टेसन निर्माण गरिएको हो ।

प्राधिकरणका अनुसार स्टेसन रहने स्थानको पहिचान गरिएको छ । चार्जर मेसिन खरिदको सम्झौता भइसकेको छ । हाल स्टेसनमा विद्युत् लाइन पुर्‍याउने काम भइरहेको छ । प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले भने, ‘स्टेसनमा विद्युत् लाइन पुर्‍याउने काम भइरहेको छ । रफ्तारमै काम भइरहेकाले ६ महिनाभित्र सम्पन्न हुन्छ ।’

उनका अनुसार केही स्टेसनमा २०० मिटरसम्म लाइन तान्नुपर्छ । जसमा ६ वटासम्म विद्युत् पोल थप्नुपर्छ । केहीमा ३ वटा र केहीमा ६ वटा सवारी एकैसाथ चार्ज हुने गरी स्टेसन निर्माण भइरहेको प्रवक्ता भट्टराईले जानकारी दिए ।

चार्जिङ स्टेसन पूर्वपश्चिम, पृथ्वी, सिद्धार्थ, बीपी र मदन भण्डारी लगायतका राजमार्गमा राखिने छ । स्टेसनहरू सय किलोमिटर दूरीको अन्तरमा रहनेछन् । विद्युतीय स्टेसनबाट कार आधा घण्टा र बस १ घण्टामा पूर्ण रूपमा चार्ज हुनेछ । चार्जिङ स्टेसनमा २०० किलोवाटको ट्रान्सफर्मर राखिने छ । टेक्नोलोजी कम्पनीले चार्जिङ स्टेसन निर्माण गरिरहेको छ ।

एसियाली विकास बैंकको आर्थिक सहयोगमा चार्जिङ स्टेसन निर्माण गरिन लागिएको हो । एउटा चार्जिङ स्टेसन निर्माणमा करीब ८० लाख रुपैयाँ लगानी गरिएको छ । ५० वटा स्टेसन निर्माणको लागत ४० करोड रुपैयाँ छ । हरेक प्रदेशमा ५ वटा स्टेसन रहनेछन् । काठमाडौं उपत्यकामा १० वटा र बाँकी ५ वटा अन्य आवश्यक स्थानमा स्टेसन हुनेछन् ।

मोबाइल एप्सबाट चार्ज गर्ने समय र स्थान बूक गर्नुका साथै अनलाइन भुक्तानी गर्न सकिने छ । सबै स्टेसनको नियन्त्रण काठमाडौंबाट हुनेछ । स्टेसनमा खाना, खाजाका लागि रेस्टुरेन्टको व्यवस्था हुनेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button