देश

देश र पार्टी रूपान्तरणका लागि यस्तो कांग्रेस नेता विश्वप्रकाश शर्माको अवधारणापत्र

Thrill Factory
Rungta Group

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदमा उठ्ने घोषणा गरेका प्रवक्ता विश्वप्रकाश शर्माले देश र पार्टी रूपान्तरणका लागि अवधारणापत्र सार्वजनिक गरेका छन् ।

आज चितवनमा आयोजित कार्यक्रमबाट उनले ुदलमा रूपान्तरण, देश रूपान्तरणको अनिवार्य शर्तु अवधारणापत्र सार्वजनिक गरेका हुन्। उनले रूपान्तरित र आधुनिक कांग्रेसको यात्राका लागि अवधारणापत्र सार्वजनिक गरेका छन्।

उनले दलहरूमा रूपान्तरणको स्पष्ट प्रभाव दलहरूको घरेलु जीवनसँगै देश निर्माणको गति, नीति र प्रवृत्तिमा देखिनुपर्ने पनि उनको भनाइ छ। दलभित्र योगदान र योग्यताको उचित सन्तुलन हुनुपर्ने शर्मा बताउँछन्।

दलले लिने नीतिमा अग्रगमनको सुनिश्चितता हुनुपर्ने पनि शर्माको भनाइ छ। उनले कांग्रेसको १४ औं महाधिवेशन र त्यसपछिका अवस्थाबारे पनि अवधारणापत्रमा उल्लेख गरेका छन्। राजनीतिक व्यवस्था ठिक भए पनि अनेक अव्यवस्थाहरूलाई अन्त्य गर्न साझा सोच र संगठित पहल गरिनुपर्ने शर्मा बताउँछन्।

उनले युवालाई पार्टीमा आकर्षित गरिनुपर्ने पनि बताएका छन्। किशोर केन्द्रीय सदस्यको अवधारणासमेत उनले प्रस्तुत गरेका छन्। ४० वर्षमुनिका क्रियाशील सदस्य संख्या करिब ४० प्रतिशत देखिएकोले यस्तो अवधारणा आवश्यक रहेको शर्माको जिकीर छ।

उनले यसअघि असोज ३ मा झापाबाट राजनीतिमा परिवर्तनसम्बन्धी अवधारणापत्र ल्याएका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button