देशस्वास्थ्य/जिवनशैली

२४७ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?

Thrill Factory
Rungta Group

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४७ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल १९० कोरोना संक्रमितको आईसीयूमा र ५७ को भेन्टिलेटरमा गरी कुल २४७ जना उपचाररत छन् ।

मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा २० जना आईसीयूमा र १३ जना भेन्टिलेटरमा उपचाररत छन् ।

यसैगरी प्रदेश २ मा २ जना आईसियूमा र १ जना भेन्टिलेटरमा उपचाररत छन् भने बागमती प्रदेशमा ११९ जना आईसीयूमा र ३७ जना भेन्टिलेटरमा उपचारत छन् ।

गण्डकी प्रदेशमा २८ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा उपचाररत छन् । त्यस्तै लुम्बिनी प्रदेशमा १८ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा उपचाररत छन् ।

कर्णाली प्रदेशमा १ जना आईसीयूमा उपचारत छन् भने सुदूरपश्चिम प्रदेशमा २ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button