देशस्वास्थ्य/जिवनशैली

१३९ जनामा कोरोना संक्रमण पुुष्टि, ३९६ जना संक्रमणमुक्त

Thrill Factory
Rungta Group

नेपालमा विगत २४ घण्टामा थप १३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार दिएको जानकारी अनुसार  २ हजार १३४ ओटा नमूनाको पीसीआर परीक्षणमा १२८ जना र १ हजार ७९८ ओटा नमूनाको एन्टिजेन परीक्षण गर्दा ११ गरी कुल १३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उक्त अवधिमा३९६ जना  संक्रमणमुक्त भएका छन् ।

शनिवार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ९ हजार २३२ पुगेको छ । मन्त्रालयका अनुसार सो अवधिमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ  भने हालसम्म ११ हजार ४३९ जनाको  मृत्यु भएको छ । नेपालमा हालसम्म ७ लाख ९४ हजार ८३४ जना संक्रमणमसक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर ७ हजार ५२४ जना होमआईसोलेशनमा रहेका छन् भने ६२० जना संस्थागत आईसोलेशनमा रहेका छन् । संक्रमित बिरामीमध्ये अहिले १९६ जनाको आईसीयू र ५० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button