अर्थमुख्य खबरविशेष

भन्सारबाटै प्रतिबन्धित छालाको निकासी, भन्सार विभागले किन लेख्यो गोलमटोल पत्र ?

Thrill Factory
Rungta Group

वीरगञ्ज सुक्खा बन्दरगाह भन्सारबाटै छालाको अवैध निकासी हुने गरेको खुलासा भएको छ । बारा–पर्सा औद्योगिक कोरिडोरमा खुलेको एक उद्योगले गलत विवरण उल्लेख गरेर प्रतिबन्धित छाला निकासी गरेको भेटिएको हो ।

चिनियाँ लगानीमा खुलेको बारा भलुहीस्थित अन्नपूर्ण लेदर टेनिङ इन्डस्ट्रिजले एचएस कोड र उत्पादन फरक पारेर प्रतिबन्धित छाला निकासी गरेको छ । उक्त उद्योगले प्रतिबन्धित छाला निर्यात गर्न लागेकोबारे स्थानीय सरोकारवालाले चासो राखेपछि सुक्खा बन्दरगाह भन्सारले अहिले १ कन्टेनर छाला रोकेर राखेको छ ।

स्थानीय अन्य उद्योगीले चासो राखेपछि भन्सार आपैmले जाँचपास गरिसकेको छाला रोकेको हो । एउटा घोषणा गरेर अर्कै छाला निकासी गर्न लागेको कुरा आएपछि एक कन्टेनर छाला रोकिएको जानकारी बन्दरगाह भन्सारका प्रमुख लालबहादुर खत्रीले दिए । ‘जाँचपासको अन्तिम चरणमा भएको अवस्थामा जानकारी आयो, अनुसन्धान गर्दैछौं,’ भन्सार प्रमुख खत्रीले आर्थिक अभियानसित भने ।

भन्सार प्रमुखले जाँचपासको अन्तिम चरणमा रहेको छाला रोकिएको भने पनि कन्टेनर भन्सारबाट जाँचपास भइसकेको थियो । भन्सारले कस्टम ट्रान्जिट डिक्लियरेन्स (सीटीडी) जारी गरेर कन्टेनर रेलमा लोड गर्न तयारी राखिएको छ । भन्सारले सिल लगाएर लोड गर्न तयारी अवस्थामा पठाएको कन्टेनर विवादित भएपछि तत्काल नपठाउन रेलवे सञ्चालकलाई पत्राचार गरेको छ ।

भन्सारले ओओसीयू ८५४६३०२ नम्बरको छाला लोड भएको ४० फिटको कन्टेनरमा ओओएल इभीजे ७७८६ नम्बरको सील लगाएर सीटीडी जारी गरेको छ । गलत विवरण उल्लेख गरेर सो छाला इन्डोनेसिया पठाउन लागेको हो ।

एचएस कोड ४१०१९०००००० मा बफेलो लेदर स्प्लीटेड उल्लेख गरेर निकासी गर्न लागेको छालाको कोड र उत्पादन फरक रहेको छाला उद्यागीहरूको दाबी छ । उक्त कोडमा काँचो छाला, नुन लगाएको, सुकेको, चुना हालेर रौं सफा गरेकोलगायत छाला पर्ने र यस्तो छाला निकासीमा प्रतिबन्ध लगाइएको उनीहरू बताउँछन् ।

उद्योग वणिज्य तथा आपूर्ति मन्त्रालयले यस्तो छाला निकासीमा रोक लगाएको छ ।

उद्योगीका अनुसार स्प्लीटेड छाला निकासी गर्दा वेट ब्लु, क्रस्ड वा फिनिस्डसमेत उल्लेख गर्नुपर्छ ।

उद्योगले वेट ब्लु, क्रस्ड्स, फिनिस्ड, भेजिटेबल टेनेड र लेदर स्प्लीड उत्पादनको अनुमति पाएको छ । उद्योगले यसअघि पनि गलत विवरण पेश गरेर छाला निकासी गरेको खुलासा भएको छ ।

सुक्खा बन्दरगाह भन्सारका अधिकृत उद्धव ढुंगानाले उक्त उद्योगले यसअघि पनि सोही विवरण घोषणा गरेर छाला निकासी गरेको बताए । गत फागुनमा सुक्खा बन्दरगाह भन्सारले छालाको नमूना पठाएर लिखित राय मागेकोमा विभागले समेत अस्पष्ट जवाफ पठाएको भेटिएको छ ।

भन्सारले लेदर स्प्लीटेड (छालाको माथिल्लो तह)को नमूना पठाएकोमा भन्सार विभागले लेदर स्प्लीट (तल्लो तह) भएको र नांगो आँखाले हेर्दा काँचो छालाजस्तो नदेखिने भन्दै गोलमटोल जवाफ फर्काएको थियो । यही पत्रका आधारमा भन्सारले जाँचपास गरेको छ ।

विभागको उक्त पत्रमा भंैसीको काँचो छालालाई सामान्य प्रशोधन गरिएको, तर क्रोमियम रसायनको अंश नदेखिएको पनि उल्लेख गरिएको छ । छाला उद्योगीका अनुसार निकासीयोग्य मानिएको सबैभन्दा तल्लो तह (वेट ब्लु)मा समेत उक्त रसायनको प्रयोग हुन्छ । आर्थिक अभियानबाट

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button