अन्तराष्ट्रिय

भारतमा डिजेल पेट्रोलको भाउ अहिलेसम्मकै महँगो

Thrill Factory
Rungta Group

भारतमा डिजेल र पेट्रोलको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । आइतवार लगातार पाँचौ दिन पनि भाउ बढेपछि देशभर पेट्रोलियम पदार्थ महँगिएको हो ।

सरकारी तेल कम्पनीहरुले आइतवार डिजेल र पेट्रोल दुवैको भाउ प्रतिलिटर ३५ पैसा बढाएका छन् । योसँगै दिल्लीमा पेट्रोलको भाउ प्रतिलिटर १०९ रुपया ३४ पैसामा पुगेको छ । डिजेलको भाउ पनि ९८ रुपया ७ पैसा भएको छ ।

मुम्बईमा पनि डिजेल र पेट्रोल क्रमशः प्रतिलिटर ११५ रुपया १५ पैसा र १०६ रुपया २३ पैसा भएको छ । देशको बाहिरी क्षेत्रहरुमा पेट्रोल र डिजेल झनै महँगो छन् ।

मध्य प्रदेशको सीमा नजिक रहेको  जिल्लामा पेट्रोलको भाउ १२१ रुपया माथि पुगिसकेको भन्दै प्रेस ट्रष्ट अफ इन्डिया (पीटीआई)ले समाचार छापेको थियो ।

बिगत ३७ दिन मध्ये २९ दिनमा डिजेल महँगो भएको छ । यस अवधिमा दिल्लीमा डिजेलको भाउ प्रतिलिटर ९ रुपया ५५ पैसाले बढेको छ । पेट्रोल पनि अघिल्ला ३३ दिनमध्ये २६ दिनमा बढेको छ । यस अवधिमा यसको भाउ प्रतिलिटर ८ रुपया १५ पैसा बढेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button