No Image Headlineदेशमुख्य खबर

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै नेपाल बारद्वारा आन्दोलन घोषणा, राजीनामा दिन ५ दिने अल्टिमेटम

Thrill Factory
Rungta Group

नेपाल बार एशोसिएसनले राजीनामा दिन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई ५ दिने अल्टिमेटम दिएको छ । साथै बारले दबावमुलक आन्दोलनका कार्यक्रम समेत घोषणा गरेको छ ।

बार एसोसिएसनले प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । नेपाल बारको शुक्रबार बसेको बैठकले आन्दोलनका कार्यक्रम तय गरेको हो ।

बारले प्रधानन्यायाधीश राणासँग अब इजलासबाट कुनै पनि फैसला, निर्णय र आदेश नगर्न माग गरेको छ । बारले यही कात्तिक १४, १५, १६ र १७ गते हातमा कालो पट्टी बाँधेर सर्वोच्च अदालत अगाडि प्रदशन गर्ने निर्णय गरेको छ ।

यस्तै १६ गते धर्ना दिने, देशका ९० वटै बार इकाइसँग छलफल गर्ने, बारका निर्णयहरु सबै इकाइमा परिपत्र गर्ने निर्णय पनि गरिएको छ ।

बारले यति हुँदा पनि प्रधानन्यायाधीशले राजीनामा नदिए थप आन्दोलन गर्ने चेतावनी दिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button