फेसबुकले आफ्नो कर्पोरेट नाम किन परिवर्तन गर्यो ?

फेसबुकले आफ्नो कर्पोरेट नाम परिवर्तन गर्दै ‘मेटा’ राखेको छ। उसले मेटाको सुरुवाती अक्षर ‘एम’ को निलो रङमा ‘थ्रीडी’ ब्रान्ड लोगो पनि परिवर्तन गरेको छ। यो परिवर्तन किन आवश्यक पर्यो त रु यो प्रश्न सर्वसाधारण प्रयोगकर्तामा उब्जिएको छ।



सीईओ मार्कजुकर्वर्गले इन्टरनेट प्रविधिको नयाँ युगमा प्रवेशका लागि नाम परिवर्तनसहित कदम चालेको बताएका छन्। उनले फेसबुक संसारको सबभन्दा ठूलो सामाजिक सञ्जाल भएकाले पहिले इन्टरनेट प्रविधिको नयाँ युग ‘सामाजिक सञ्जाल’ भए जस्तै अब ‘मेटा’ युग सुरु गरेको दाबी गरेका छन्।



‘यो नयाँ अध्यायको सुरुवात गर्दा हाम्रो पहिचानका बारे धेरै सोच्ने गरेको छु’, सीईओ जुकर्वर्गले भनेका छन्, ‘सामाजिक सञ्जालको हामी एक आइकोनिक हौँ।’ तर उनले अब यति मात्र नहुने र अर्को नयाँ पाइला अगाडि सारेको बताएका छन्।



‘आज हामीलाई सामाजिक सञ्जालको कम्पनी भनेर चिनिएका छौँ’, उनले थपे, ‘तर प्रविधि निर्माण गरेर संसारभरका मानिसलाई जोड्ने हाम्रो डीएनएमा छ। अनि यो मेटाभर्स भनेको हामीले फेसबुक सुरुवात गर्दा जसरी सामाजिक सञ्जाल नयाँ युग थियो, उसैगरी नयाँ अध्यायको सुरुवात हो।’
शुक्रबार बिहान ९नेपाली समयअनुसार० आफ्नो आधिकारिक पेजमा सूचना जारी गर्दै फेसबुकले आफ्नो कम्पनीको नाम परिवर्तन गर्दै ‘मेटा’ राखेको जनाएको छ। उसले अब इन्टरनेट प्रविधिको ‘नयाँ अध्याय’ मा प्रवेश गरेको उद्घोष गरेको छ। अब नयाँ प्रविधिसहित थ्रीडीमा मेटाले संसारलाई जोड्न सहयोग गर्ने जनाएको छ।
फेसबुकले आफ्नो कर्पोरेट नाम परिवर्तन गर्नुको पछाडि पछिल्लो समय धेरै प्रयोगकर्ताको ‘डाटा लिक’ हुनुलाई पनि मानिएको सीएनएनमा समाचार छ। प्रयोगकर्ताको सुरक्षामा प्रश्न उठ्न थालेपछि बलियो सुरक्षाको खोजीमा फेसबुक लागेको थियो। यही समयमा उसले नयाँ युगमा प्रवेश गर्न भन्दै कम्पनीको नाम परिवर्तन गरेको हो।
पछिल्लो समय फेसबुकले मेटाभर्समा नयाँ युग सुरुवात गर्ने भनेसँगै यसको चर्चा हुन थालेको हो। मेटाभर्सलाई सामान्य रुपमा बुझ्नुपर्दा भर्चुअल रियालिटी ९भीआर० हेडसेट प्रयोग गरी एकअर्कासँग कुराकानी गर्ने, खेल खेल्ने तथा काम गर्ने इन्टरनेट प्रविधि हो।
यसलाई कतिपयले भीआरकै विस्तारित रुप भनेका छन् भने अर्काथरिले यो नै इन्टरनेटको भविष्य भएको बताइरहेका छन्। सामान्य फोनहरूको साटोमा स्मार्टफोनहरू आए, त्यसैगरी नै मेटाभर्स पनि अहिलेको भीआरको भविष्य हुन सक्ने बताइरहेका छन्।
नाम परिवर्तित मेटाले आफ्नो पेजमा थ्रीडी प्रविधिमार्फत् संसारलाई जोड्ने प्रयास गरिने बताएको छ। यसको मतलब अब मेटा कम्पनीका एप्सहरू फेसबुक, इन्स्टाग्राम, ह्वाट्स्एपलगायत चलाउँदा ‘रियालिटी’ महसुस हुन सक्ने अनुमान गर्न सकिन्छ। यद्यपि मेटाभर्स अझै ठ्याक्कै कस्तो हुन्छ भनेर भविष्यमै हेर्नुपर्ने छ।