No Image Headlineअर्थ

ब्याज नबढाउन राष्ट्र बैंकको निर्देशनको प्रभाव, नेप्से परिसूचक २.४१ % ले बढ्यो

Thrill Factory
Rungta Group

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जथाभावी रुपमा ब्याजदर बढाउन रोक लगाएपछि त्यसको सकारात्मक प्रभाव बुधवारको कारोबार दिनमा परेको  देखिएको छ । कात्तिक १ गतेबाट लागू हुने गरी बढाएको ब्याजदर फिर्ता गर्न केन्द्रीय बैंकले निर्देशन दिएसँगै शेयर बजारमा सकारात्मक प्रभाव परेको लगानीकर्ताहरुले बताएका छन् ।

कात्तिक १ गतेबाट बैंकहरुले निक्षेपत्रको ब्याजदरमा साढे ११ प्रतिशतभन्दा माथि पुर्‍याउँदै सूचना निकालेसँगै दुई दिन लगातार शेयरबजार करीब १५० अंकले बजार घटेको थियो । तर केन्द्रीय बैंकले मंगलवार बेलुका ब्याजदर फिर्ता गर्न निर्देशन गएसँगै  बुधवारको बजारमा सकारात्मक प्रभाव परेको हो ।

साताको चौथो कारोबार दिन बुधवार नेप्से परिसूचक २ दशमलव ४१ प्रतिशत अर्थात् ६० दशमलव ५६ अंकले वृद्धि भएको छ ।

यो दिन नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा बढेर २ हजार ५७१ दशमलव ६६ विन्दुमा पुगेको हो । यो दिन कारोबारमा आएका २१७ ओटा धितोपत्रको ६१ लाख १ हजार ४१४ कित्ता रू. २ अर्ब ६७ करोड ९० लाख २८ हजार १५५ बराबरको शेयर खरीदविक्री भएको छ ।

कारोबारमा आएका ती धितोपत्र मध्ये पाँच ओटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आँखुखोला जलविद्युत् कम्पनी,युनिभर्सल पावर कम्पनी,मैलुङ खोला जलविद्युत् कम्पनी,सिईडीबी हाइड्रोपावर, नेशनल हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सर्किट लागेको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button