अन्तराष्ट्रिय

केरलामा बाढीबाट मृत्यु हुने २६ पुगे

Thrill Factory
Rungta Group
भारतको केरला राज्यमा भीषण वर्र्षापछिको बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या २६ पुगेको छ । वाढीमा कम्तिमा ११ जना हराइरहेका छन् । बाढीका कारण विभिन्न गाउँ र शहर सम्पर्क विच्छेद भएका छन् ।

बाढीपीडितलाई राहत तथा उद्धार कार्यमा सैनिक खटिएका छन् भने पहिरोमा फसेका मानिसलाई राहत सामग्री पुर्‍याउन हेलिकप्टर परिचालन गरिएको छ ।

कोटायाम जिल्लामा एउटा यात्रुवाहक बस डुब्दा यात्रुहरूलाई उद्धार गरेको भिडियो भाइरल बनेको छ ।

सन् २०१८ मा केरलामा परेको भीषण बर्षापछिको पहिरोमा चार सय जनाको मृत्यु भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button