No Image Headlineअर्थ

बुद्धभुमि नेपाल हाइड्रोपावरको आईपीओ प्रि-अलोटमेण्ट बुधवार, शुक्रवार बाँडफाँट

Thrill Factory
Rungta Group

काठमाडौं – बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडको आईपीओमा बुधवार प्रि – अलोटमेण्ट हुने भएको छ ।

विक्री प्रबन्धक सिभिल क्यापिटलले बुधवार प्रि – अलोटमेण्ट गर्ने जानकारी दिएको हो । बिहीवार घटस्थापनाको सार्वजनिक विदा परेकाले नेपाल धितोपत्र बोर्डले अनुमति दिए शुक्रवार अन्तिम बाँडफाँट गर्ने जानकारी क्यापिटलले दिएको छ ।

कम्पनीको आईपीओमा २१ लाखभन्दा बढी आवेदकहरुले ३५ गुणाभन्दा बढी कित्ता शेयरको लागि आवेदन दिएका छन् । कम्पनीले सर्वसाधारणका लागि असोज ११ गतेदेखि १४ गतेसम्म ७ लाख ४४ हजार कित्ता शेयर सार्वजनिक निष्कासनमार्फत विक्री गरेको हो ।

सर्वसाधारणका लागि छुट्याईएको रू. ८ करोड बराबरको ८ लाख कित्ता आईपीओमध्ये २ प्रतिशत दरको १६ हजार कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत दरको ४० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ ।

कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गर्नुअघि आयोजना प्रभावित नुवाकोट जिल्लाका स्थानियका लागि गत साउन ३२ गतेदेखि भदौ १५ गतेसम्म आईपीओ विक्री गरी भदौ ३१ गते बाँडफाँट गरेको थियो ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button