No Image Headlineअर्थ

यातायात व्यवसायीले आफूखशी भाडा बढाउँदा सरकार लाचार !

Thrill Factory
Rungta Group

काठमाडौं-आफूहरुको माग पूरा नभएको भन्दै यातायात व्यवसायीहरुले स्वघोषित रुपमा भाडा बढाएका छन् ।

नेपाल सरकारले सार्वजनिक यातायातमा २८ प्रतिशत भाडा वृद्धिको निर्णय गरेपनि प्रदेश सरकारले उक्त दरलाई मान्यता नदिएको भन्दै आफूहरुले भाडा बढाएको सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका महासचिव भरत नेपालले जानकारी दिए ।

व्यवसायीहरुले सवारी साधनको नयाँ भाडादर तोकेपछि ट्राफिक प्रहरीले केही सार्वजनिक सवारी साधानलाई नियन्त्रणमा लिएको छ । व्यवसायीहरुले भने नयाँ लागू हुन नदिए थप आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् ।

महासचिव नेपालले यातायात भाडा नबढेकाले लागतका आधारमा भाडा बढाएको भन्दै भाडा बढाएकै आधारमा कारवाही भए कडा आन्दोलन गर्ने बताए । महासंघका पदाधिकारीहरु स्वघोषित रुपमा बढाइएको भाडा कार्यान्वयन गराउन चोक–चोकमा समेत परिचालन भएका थिए ।

ट्राफिक महाशाखाले भने स्वघोषित रुपमा भाडा बढाउदा यात्रुहरु मर्कामा परेको भन्दै केही सवारीलाई नियन्त्रणमा लिएको जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button