बहुराष्ट्रिय कम्पनी ओयो आईपीओ निष्कासन गर्ने तयारीमा

नयाँदिल्ली (भारत) – भारतको बहुराष्ट्रिय स्टार्टअप कम्पनी ओयोले प्राथमिक शेयर आईपीओ जारी गर्ने तयारी गरिरहेको छ ।
उसले आईपीओ निष्कासनका लागि नियामक निकायमा आवेदनसमेत दिइसकेको छ । चेन होटल बुकिङ एप ओयोले सर्वसाधारणमा आईपीओ जारी गर्न अनुमति पाउने वित्तिकै थप प्रक्रिया अगाडि बढाउने छ ।


कम्पनीले आईपीओमार्फत् करीब १ अर्ब १६ विलियन डलर(८४ दशमलव ४ अर्ब रुपये) जुटाउने योजना बनाएको छ । यो भारतीय बजारमा युनिकर्नमा सूचीकृत कमपनी हो । यसको अर्थ यो १ अर्ब डलरभन्दा बढी बजार मूल्य भएको कम्पनी हो ।
ओयोले गत साता मात्र मर्चेन्ट बैंकर्सको नियुक्त गरेको थियो । कम्पनीले नयाँ शेयर जारी गरेर ७ हजार करोड भारु जुटाउने छ भने बाँकी रकम दोस्रो बजारको शेयरका माध्यमबाट वा हालका संस्थापक शेयरधनीलाई शेयर विक्री गरी रकम जुटाउनेछ ।
आईपीओ जारी गरेपछि कम्पनीकोनेटवर्थ ९ अर्ब डलर हुने आकलन गरिएको छ । यो भारतको सबैभन्दा धेरै नेटवर्थ भएको तेस्रो ठूलो स्टार्टअप कम्पनी पनि हुनेछ । केहि समयअघि मात्र माइक्रोसफ्ट कम्पनीले उक्त कम्पनीमा ५० लाख डलर लगानी गरेको थियो ।
कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत रितेश अग्रवाल हुन् । यसका तीन प्रमुख शेयरधनी छन् । जसको आरए हस्पिटल होल्डिंग्स, सफ्ट बैंक भिजन शेयरधनी हुन् । सफ्ट बैकको ४६ प्रतिशत शेयर स्वामित्व छ भने उनको कम्पनी आरए हस्पिटलको ३३ प्रतिशत शेयर स्वामित्व छ । बाँकी शेयर भने हिरो कर्पोरेट लगायतका कम्पनीहरुको छ ।
कम्पनीको नेपालमा पनि १० भन्दा बढि शहरमा चेन होटलहरु रहेका छन् । कम्पनीले नेपाली बजारमा आएको तीन वर्षमै ८ हजार ओटा कोठा आफ्नो चेनमा जोडिसकेको छ।एजेन्सीहरु