अर्थखबर फटाफट

बुद्धभुमि नेपाल हाइड्रोपावरको आईपीओमा कहिले सम्म दिन सकिन्छ आवेदन ?

Thrill Factory
Rungta Group

काठमाडौं- बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले निष्कासन गरेको आईपीओमा हालसम्म मागभन्दा १९ गुणा बढीको आवेदन परको छ ।

कम्पनीको आईपीओ निष्कासन बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार दोश्रो दिन साँझ ५ बजेसम्ममा १० लाख ९० हजार ३ सय ३३ जना लगानीकर्ताहरूले १ करोड ४१ लाख ५० हजार ५ सय ५० कित्ताको लागि आवेदन दिएका छन् ।

यो सर्वसाधारणका लागि माग गरिएको भन्दा १९।०१ गुणा धेरै आवेदन हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको हो ।

जसमध्ये ५ प्रतिशत अर्थात ४० हजार कित्ता सेयर कर्मचारीहरुका लागि र २ प्रतिशत अर्थात १६ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी ७ लाख ४४ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

सेयरमा सर्वसाधारणले असोज १४ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ता सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ । कम्पनीको उक्त साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटल लिमिटेडले गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button