देशविशेष

अमेरिकाको जवाफ सकारात्मक नआए एमसीसी पास हुँदैन : प्रचण्ड

Patanjali Nepal
Sweet Mart Food

काठमाडौं-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकाले सकारात्मक जवाफ नदिए मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास नहुने दाबी गरेका छन् ।

मंगलबार वाईसीएल केन्द्रीय समितिको प्रथम पूर्णबैठकलाई सम्बोधन गर्दै प्रचण्डले सरकारले एमसीसीबारे उठेका प्रश्नहरू समेटेर अमेरिकालाई कूटनीतिक नोट पठाएको र त्यसको सकारात्मक जवाफ नआए पारित नहुने दाबी गरेका हुन् ।

‘अमेरिकालाई कूटनीतिक नोट पठाएको र यसको सकारात्मक जवाफ नआए एमसीसी पास हुँदैन’, उनले भने । गत आइतबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदका दुवै सदनको बैठक बोलाउन राष्ट्रपति समक्ष आह्वानगरेसँगै एमसीसी संसदबाट पारित गर्ने सम्भावना बढेको भन्दै चौतर्फी विरोध भएको छ ।

मन्त्रिपरिषदको निर्णयअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले भोलिका लागि संसद बैठक आह्वान गरेकी छिन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button