देश

कोरोना खोपको क्लिनिकल ट्रायलका लागि सरकारले दियो अनुमति

Thrill Factory
Rungta Group

काठमाडौं-सरकारले नेपालमा कोरोना खोपको क्लिनिकल ट्रायलका लागि अनुमति दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले खोपको क्लिनिकल ट्रायलका लागि अनुमति दिने निर्णय गरेको कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का डा. प्रदीप ज्ञवालीले अमेरिकी कम्पनी सानोफी पाश्चरको प्रायोजनमा इन्टरनेशनल भ्याक्सिन इन्स्टिच्यूट कोरियासँग मिलेर खोपको क्लिनिकल ट्रायल गरिने बताए ।

बाँकेस्थित नेपालगञ्ज मेडिकल कलेज र धुलिखेल अस्पतालमा यो खोपको ट्रायल गरिने अनुसन्धान परिषद्की अनुसन्धान अधिकृत नमिता घिमिरेले अनलाइनखबरलाई जानकारी दिइन् ।

आवश्यक डकुमेन्टसहित प्राविधिक तयारी गर्दा सेप्टेम्बर दोस्रो सातादेखि खोप ट्रयाल कार्यक्रम अघि बढ्न सक्ने उनले बताइन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button