No Image Headlineअर्थ

घट्यो बेस रेट, सस्तिँदै कर्जाको ब्याज दर

Thrill Factory
Rungta Group

काठमाडौं-गत आर्थिक वर्ष २०७७/७८ मा वाणिज्य बैंकहरुले आधार दर (बेस रेट) घटाएका छन् । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुले अघिल्लो वर्षको तुलनामा १.६१ प्रतिशतले घटाएका छन् । बेस रेट बैंकले दिने कर्जाको ब्याजदर निर्धारण गर्ने प्रमुख आधार हो ।

आर्थिक वर्ष २०७६र७७ को असार मसान्तमा यी बैंकहरुको बेस रेट ८ दशमलव ५० प्रतिशत रहेको थियो । यो घटेर २०७७/७८ को असार मसान्तसम्म ६ दशमलव ८९ प्रतिशतमा झरेको छ । बैंकहरुले बेस रेटमा केही प्रतिशत जोडेर आफ्नो ब्याजदर निर्धारण गर्ने गरेका छन् ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिले बेस रेटमा कति प्रिमियम जोड्ने भने बैंकहरुलाई नै अधिकार दिने उल्लेख गरेको छ । तर उद्यम व्यवसाय सञ्चालन गर्न १ करोड रुपैयाँ वा सोभन्दा कम ऋण उपयोग गर्ने ऋणीको हकमा आधार दरमा अधिकतम् २ प्रतिशत बिन्दुले मात्र प्रिमियम थप गर्न सक्ने व्यवस्था मिलाइने राष्ट्र बैंकले बताएको छ ।

ऋण लिदा सबैभन्दा सस्तो सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकमा पर्ने देखिएको छ । राष्ट्रि वाणिज्य बैंकको बेस रेट असरा मसान्तसम्म ५ दशमलव ४१ प्रतिशत देखिएको छ । अघिल्लो वर्ष यस बैंकको बेस रेट ५ दशमलव ८० प्रतिशत रहेको थियो ।

बेस रेट कम हुने दोस्रो नम्बरमा स्टाण्डर्ड चार्टड बैंक देखिएको छ भने तेस्रो नम्बरमा मुलुककै जेठो बैंक नेपाल बैंक देखिएको छ । स्टाण्डर्ड चार्डड बैंकको अघिल्लो वर्ष ७ दशमलव ७० प्रतिशत रहेको बेस रेटलाई घटाएर ५ दशमलव ५१ प्रतिशतमा झारेको छ ।

तेस्रो नम्बरमा देखिएको नेपाल बैंकको बेस रेट ६ दशमलव ९९ प्रतिशतबाट घटेर ५ दशमलव ७३ प्रतिशतमा झरेको छ । चौथो नम्बरमा देखिएको नेपाल इन्भेष्टमेन्ट बैंकले ७ दशमलव ५१ प्रतिशमा रहेको बेस रेट घटाएर ५ दशमलव ७४ प्रतिशतमा झार्न सफल भएको छ ।

मूनाफामा नम्बर वान नविल बैंकले पनि बेस रेटमा सुधार गरेको छ । अघिल्लो वर्षको असार मसान्तमा ७ दशमलव ३२ प्रतिशत रहेको बेस रेट ५।८६ मा नबिलले झारेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button